देशभर मनसुनी प्रभाव, यी चार प्रदेशमा वर्षाको सम्भावना-Sutra News

देशभर मनसुनी प्रभाव, यी चार प्रदेशमा वर्षाको सम्भावना

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया पूर्ण बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट