दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा-Sutra News

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । दक्षिण अफ्रिका जारी टी २० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।



अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनएको थियो ।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग भिड्ने छ । फाइनल खेल आगामी शनिबार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट