के माछा-मासुसँग दुध पिउनै हुन्न ? के हाे वास्तविकता ?-Sutra News

के माछा-मासुसँग दुध पिउनै हुन्न ? के हाे वास्तविकता ?

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

प्रायः मानिसमा नन-भेज खाएपछि दूध पिउनु हुँदैन भन्ने बुझाइ छ । माछा वा मासु खाएपछि दूध पिउनाले शरीरमा विभिन्न राेग देखिने धेरैको विश्वास छ। तर आज हामी यस लेखमा विस्तृत रूपमा जान्नेछौं कि यसको पछाडि केहि सत्य छ वा यो केवल एक मिथक हो ?



वास्तवमा माछा-मासु खाएपछि दुध पिउनै हुँदैन भन्ने हाेइन । यसकै कारण राेग लाग्छ भन्ने तथ्यपरक छैन । राेग शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा लाग्ने गर्दछ ।

यद्दपि, नन-भेज र दुध सँगै पिउनु उपयुक्त भने हाेइन । किनभने यी सबै खाद्य वस्तुहरू निकै बढी क्यालाेरीयुक्त हुन्छन् । माछा-मासु आफैंमा धेरै भारी हुन्छन् र यदि तपाईंले यस पछि दूध पिउनुभयो भने, यसले अपच र पेटकाे समस्या बनाउन सक्छ ।

नन-भेज खानासँगै वा पछि दूध सेवन गर्न निषेध गरिएको छ किनभने दुवैमा प्रोटिनको मात्रा धेरै हुन्छ।

यद्दपि, कतिपय दुध र माछा-मासुकाे रेसिपी बनाएर खान्छन् । सही मात्रा मिलाउन जानेमा शरीरलाई हानी नगर्ने विज्ञहरूकाे भनाई छ ।

विज्ञहरूका अनुसार सकेसम्म माछा-मासु र दुध २/३ घण्टाकाे अन्तरमा खानु उपयुक्त हुन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट