लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य-Sutra News

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । साताको पाँचौ कारोबार दिन बिहीबार पनि सुनको मूल्य घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलाकै आठ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको थियो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आइरहेको छ । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार तोलामा १० रुपैयाँले मूल्य घटेको छ । बिहीबार चाँदीको मूल्य एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य तोलाकै २५ रुपैयाँले घटेको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ । सँगै, स्थानीय बजारमा माग र आपूर्तिको श्रृंखलाले पनि मूल्यलाई प्रभावित बनाइरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट