आस्था राउतको प्रश्न- जवाफ दिन नसके लुगा खोल्नु पर्ने कस्तो शो ?-Sutra News

आस्था राउतको प्रश्न- जवाफ दिन नसके लुगा खोल्नु पर्ने कस्तो शो ?

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । गायिका आस्था राउतले कान्तिपुर टिभीको कार्यक्रम ‘इट्स माइ शो’को फर्म्याटलाई लिएर अनौठो आलोचना गरेकी छन् ।



जवाफ दिन नसके कपडा खोल्नु पर्ने प्रावधानमाथि गायिका राउतले प्रश्न उठाएकी हुन् । उनले फेसबुकमा कटाक्ष गर्दै लेखेकी छन्, ‘जवाफ दिन नसके कपडा खोल्नु पर्ने के फण्डा हो यो ? हा… हा… लुगा जबरजस्ती त तान्दैन होला नि ? कस्तो नयाँ फर्म्याट सिर्जना गर्या हो यो शो ले ?’

अन्तर्वार्तामा कसैको निजी जीवनसँग सम्बन्धित प्रश्न भएमा जवाफ थाहा भए पनि उत्तर दिनै पर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।

‘कन्ट्रोभर्सी नआउने किसिमले कुटनीतिक जवाफ दिन पनि सकिन्छ, सकेसम्म जवाफ दिन हतार नगरेको राम्रो, सोचेर गर्नु जे गर्नु,’ उनले लेखेकी छन् ।

उनीसँगै उक्त शोलाई लिएर कलाकारहरू दीपकराज गिरि, जितु नेपाल र कलाकार संघले पनि आपत्ति जनाएका छन् ।

यो पनि पढ्नुहोस्

जसिताको साम्राज्ञी र स्वस्तिमालाई प्रश्न- ‘समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ?’

ओसिनले दुई नायिकालाई नाङ्गो बनाएपछि जसितासँग माफी !

‘इट्स माई शो’ विवादित बनेपछि सुरज सिंह भन्छन्- मेरो ब्रान्ड ध्वस्त भयो

कलाकार संघले भन्यो–स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण

दीपकराजको कटाक्षः वार्तासँग होइन, अन्तर्वार्तासँग डर लाग्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट