एसईईको मौका परीक्षा साउन १८ र १९ हुने, एक लाखभन्दा बढी सहभागी हुने-Sutra News

एसईईको मौका परीक्षा साउन १८ र १९ हुने, एक लाखभन्दा बढी सहभागी हुने

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।



कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ ।

दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई विषयसम्म अनुत्तीर्ण हुनेमा एक लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट