सांसद फणिन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक-Sutra News

सांसद फणिन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

गण्डकी प्रदेशसभा सांसद फणिन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेशमा रोक लगाइएको छ ।



बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादा पालकहरुले प्रवेश गर्न नदिएका हुन् ।

मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा उनले रिट हालेका थिए ।

उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।

माओवादी चुनाव चिह्नबाट विजयी उनले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट उनी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट