आमाको नामबाट नागरिकता सहज गराउन सांसदहरूको माग-Sutra News

आमाको नामबाट नागरिकता सहज गराउन सांसदहरूको माग

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहज रुपमा दिलाउन सरकारसँग माग गरेका छन् ।



आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनु पर्ने बताए ।

सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नु परेको बताएका थिए ।

सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट