काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानको समस्या दिर्घ कालीन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बाँस्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा वर्षौं देखिएको दूग्ध किसानहरुको समस्या समाधान नभएको भन्दै उनीहरुको समस्या दीर्घ कालीन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
किसानहरूको पाँच अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए । दूग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने उनको भनाइ छ ।
बाँस्कोटाले बाहिरबाट धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ती जनाए ।