नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर प्रदान गर्छ- मन्त्री तामाङ-Sutra News

नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर प्रदान गर्छ- मन्त्री तामाङ

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताएका छन् ।



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आयोजित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले यसबारे बताएका हुन् ।

उनले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनु पर्ने बताए । ‘हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सदैव तयार रहनु पर्छ,’ मन्त्री तामाङले भने, ‘यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ, यसका लागि सरकार सधैँ प्रतिबद्ध छ ।’

उनले संगीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० बाट छ जना स्रष्टा पुरस्कृत भएका थिए । रंगमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट चन्दनकुमार श्रेष्ठ, संगीत विधाबाट तारा थापा, लोक संगीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत भएका थिए । उनीहरूलाई जनही एक-एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट