काठमाडौं । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता तेलीविरुद्ध मुद्दा दायर भएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा परेका थिए । अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।