घनश्यामको पक्षमा उभिएको चर्चालाई नकारे झलनाथले, आफ्नो दाबी कायमै राख्ने-Sutra News

घनश्यामको पक्षमा उभिएको चर्चालाई नकारे झलनाथले, आफ्नो दाबी कायमै राख्ने

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट पारेका छन् ।



बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको बताएका हुन् ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफलपछि उनले अध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो । नेता खनालले आफ्नो नाममा सहमति नहुनु पर्ने कारण के छ ? भन्दै आफ्नो नाममा सहमति बन्ने दाबी गरे ।

अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘होइन। मेरो दाबी जारी छ। मेरो नाममा सहमति किन नहुँनु ? नहुनुपर्ने केही कारण छ ?’

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट