भारतमा विषाक्त मदिरा खाँदा ६३ जनाको मृत्यु-Sutra News

भारतमा विषाक्त मदिरा खाँदा ६३ जनाको मृत्यु

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।



भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षमा सबैभन्दा घातकमध्ये एक हो ।

तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।

यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका सयभन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जनाकारी दिए ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनी काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ ।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट