आज कर्कट, तुला र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कर्कट, तुला र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

आज मिति २०८१ असार १४ गते शुक्रबार । सन् २०२४ जुन २८ तारिख । नेपाल सम्बत ११४४ तछलागा सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्ने छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा गर्न कठिन पर्ने समय छ । गरेका कामबाट ठूलो उपलब्धि लिन सकिँदैन, समयको ब्यर्थ नाश होला । रोग र शत्रुसित लड्ने क्षमता भने बढ्ने छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रागत कार्य सफल होला ।

बृष

आज अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु राम्रो होला । सोचेको काम समयमै सम्पन्न नभए पनि सुखको अनुभूति हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । मान महत्व वृद्धिका साथै पुरस्कार प्राप्तिको योग छ । परिवारिक सुख रहने छ ।

मिथुन

दौडधुप र जोखिम बढ्ने समय छ । परोपकारजन्य कर्ममा मन जानेछ । स्वास्थ्य भने कमजोर भएको अनुभव होला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ । माता पितासँगको भेटघाटले मनमा उल्लास छाउला । खर्च भन्दा कमाई नै बढी हुनेछ । गोप्य काममा आकर्षण बढ्ने छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

पारिवारिक सुख मिल्ने र धन आर्जन हुने दिन छ । ब्यापारमा पनि फाइदाकै योग छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् भने विपरीतलिङ्गीको हौसलाले मन रमाउने छ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन्, तर जित तपाईंकै हुनेछ । विश्वास गरेका व्यक्तिले पनि धोका दिन सक्छन् भने इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले विशेष सचेतनाका साथ कर्म–व्यवहार गर्नु होला । आजको दिन सामान्यतया प्रतिकूल भएकाले महत्वपूर्ण कार्य थाती राखेकै राम्रो । रसरागमा आकर्षण बढ्ने समय छ ।

कन्या

केही सुख केही दुःखको अनुभूतिमा आजको दिन बित्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । तथापि, आर्थिक लाभ हुनेछ, मान मिल्नेछ । आरोग्यता बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

व्यस्तता बढ्नेछ । आजको दिन काम बन्नाले मन रमाउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । शुभता बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्ने छ ।

बृश्चिक

समयले साथ दिनेछ । नसोचेको काम बन्ने दिन छ । प्रियजनसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुने योग छ भने व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्ने छ ।

धनु

दिन चुनौतीपूर्ण रहला । दैनन्दिन कार्यमा अनावश्यक झमेला आइपर्ने योग छ भने यात्राको क्रममा पनि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानामा सचेत रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । कुनै महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने सफलता मिल्नेछ ।

मकर

तपाईंको बोली, व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । परोपकारका काममा मन जानेछ । धन कमाउने योग पनि छ । आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

आयआर्जन हुने हुने समय छ । नउठ्ने पैसा उठेर मनमा हर्ष छाउला । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्नेछ । यात्राको पनि योग रहेको छ । मान महत्व र सामर्थ्य बढ्ने छ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।

मीन

मनोकूलको काम बन्ने समय छ । सुख वृद्धि होला । भय र भ्रम हट्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रेमभाव एवम् रसरागमा आकर्षण बढ्नेछ । टाढाको यात्रा गर्ने योजनामा हुनु हुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट