प्रियंकालाई लिएर ‘माइली’ निर्माण घोषणा-Sutra News

प्रियंकालाई लिएर ‘माइली’ निर्माण घोषणा

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । फिल्म ‘माइली’ निर्माण हुने भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् ।



रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मको निर्माण पक्षले प्रियंकालाई हालै अनुबन्धित गरेको हो ।

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने यो फिल्म सत्य घटनामा आधारित रहेर निर्माण हुने बताइएको छ। फिल्ममा प्रियंका ग्रामिण महिलाको चरित्रमा रहने निर्देशक बलामीको भनाइ छ ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने जनाइएको छ।

फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट