फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

फेरि बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । लगातार गिरावटपछि शुक्रबार भने स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलाकै एक हजार रुपैयाँले बढेको छ । मूल्य बढेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतिोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४० हजार एक सय रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको थियो भने बुधबारको तुलनामा सुनको मूल्य तोलाकै आठ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्यमा हुने घटबढको प्रभाव चाँदीको मूल्यमा पर्ने गरेको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य मंगलबारदेखि घटेको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ । सँगै, स्थानीय बजारमा माग र आपूर्तिको श्रृंखलाले पनि मूल्यलाई प्रभावित बनाउने महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट