काठमाडौं । काठमाडौं महानगरले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहनेहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिएको छ ।
महानगरले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रष्ट बनाएको छ । यसका साथै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जानकारीसमेत दिएको छ ।
असार १५ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सकिने महानगरले जनाएको छ । असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।