प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?-Sutra News

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार फेल भएको टिप्पणी गरेका छन् ।



शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसईई नतिजामा देखिएको बताएका हुन् ।

उनले भने, ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो, केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन, यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो, यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङभित्र परेनन्, ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?’

उनले सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको जिकीर गरे । ‘तिमी अयोग्य हौँ, पढेर खान सक्दैनौँ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?’ उनले भने ।

सांसद पौडेलले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिए छ ? भन्ने प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट