भ्यालेन्टाइन डेमा ‘जेरीः अन टप’-Sutra News

भ्यालेन्टाइन डेमा ‘जेरीः अन टप’

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । फिल्म ‘जेरीः अन टप’ को प्रदर्शन मिति तय गरिएको छ।



अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहने फिल्मको छायांकनमा नजाँदै प्रदर्शन मिति तय गरिएको हो । सुयोग गुरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको फागुनको २ गते अर्थात् ‘भ्यालेन्टाइन डे’लाई प्रदर्शन मिति तोकिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई प्रेम गर्नेहरूको पर्वको दिन फागुन २ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्माता सरोज न्यौपानेले बताए। निर्माण टिमले शुक्रबार वितरक फाइनल गर्दै प्रदर्शन मितिबारे छलफल गरेको थियो।

निर्माताले न्यौपानेले भने, ‘वितरकसँग भएको छलफलमा उक्त डेट उपयुक्त लागेकोले सोही मितिमा फिल्मलाई ल्याउने घोषणा गरेका छौं ।’

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनिले वितरण गर्ने भएका छन्। यो फिल्म ९ वर्षअघि प्रदर्शनमा आएको ‘जेरी’ को दोस्रो शृंखलाका रूपमा ‘जेरीः अनटप’ निर्माण हुन लागेको हो।

रोविन शेरचनको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ । अनमोल र जसिताले यसअघि ‘फर्की फर्की’ मा सहकार्य गरेका थिए। फिल्मबाट नायिका आना शर्माको बहिर्गमन भएपछि जसिताले इन्ट्री मारेकी हुन् । अनमोल र आँचलले भने यो फिल्ममा पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

हेमराज बिसीको लेखन रहेको फिल्मको निर्मातामा सरोज र दीपक भण्डारी छन्।  क्रियटिभ प्रोड्युसरका रूपमा रोहित अधिकारी छन्।  फिल्मको छायाङ्कनलाई साउनबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट