काठमाडौं । सर्लाहीको बागमती नगरपालिकास्थित चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको श्रीमती ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।