चर्चित अभिनेत्री हिना खानको स्तन क्यान्सर-Sutra News

चर्चित अभिनेत्री हिना खानको स्तन क्यान्सर

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । भारतकी चर्चित टिभी अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै जानकारी दिएकी हुन् ।



अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु, म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’

हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिससँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु, मलाई तेस्रो चरणको स्तन क्यान्सर छ, यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु, म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु, मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।’

हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु, म तपाईको माया र प्रार्थनाको कदर गर्छु, म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहने छु ।’

हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट चर्चा बटुलेकी थिइन् । बिग बोसपछि उनले केही फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट