काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको सिफारिस समितिले छनोट प्रक्रिया रद्द गरेको छ ।
शुक्रबार अर्थ मन्त्रालयअन्तर्गत समितिको बैठकले छनोट प्रक्रिया रद्द गरेको जानकारी दिँदै सूचना जारी गरेको हो ।
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच जना उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा सहभागी नभएपछि प्रक्रिया के हुने ? भन्ने अन्योल थियो ।
समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।