डेंगुबाट सबैभन्दा बढी जोखिम कसलाई ?-Sutra News

डेंगुबाट सबैभन्दा बढी जोखिम कसलाई ?

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

चर्को गर्मीपछि पानी परेको छ । तर तपाईलाई थाहा छ, मौसम परिवर्तनसँगै धेरै रोगहरूको प्रकोप पनि बढेकाे छ । यो सिजनमा सबैभन्दा बढी जाेखिम डेंगु राेगकाे हुने गरेकाे छ । यस्तो अवस्थामा सचेत हुन जरुरी छ ।



लामखुट्टेको टोकाइलाई जति गम्भीरताका साथ लिइएकाे पाइन्न, त्यति नै ठूलो नोक्सानी बेहोर्नु परेकाे पाइन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार डेंगुबाट सबैभन्दा बढी बालबालिका जाेखिममा पर्दछन् । डेंगु लागेपछि वयस्कको तुलनामा बालबालिका समस्यामा पर्ने विज्ञहरूकाे भनाइ छ ।

डेंगु ज्वरोको सबैभन्दा बढी जोखिम ५ देखि १० वर्षका बालबालिकामा हुन्छ । साइन्स डाइरेक्टमा प्रकाशित एक अध्ययनअनुसार डेंगुबाट पीडित ८० प्रतिशतभन्दा बढी बालबालिका ९ वर्ष मुनिका छन् । यसमा केटीको तुलनामा केटाको संख्या सबैभन्दा बढी देखिएको छ ।

अनुसन्धानका अनुसार डेंगुका कारण मृत्यु हुनेमा सबैभन्दा बढी ५ वर्ष मुनिका बालबालिका रहेका छन् । डेंगुका कारण मृत्यु हुनेको संख्या बालबालिकामा ४ गुणा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार डेंगुका धेरै घटनाहरू ज्यादै घातक हुन्छन्। समयमै उपचार नपाएमा मृत्युसमेत हुनसक्छ ।

बच्चाहरुमा डेंगु को लक्षण

उच्च ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने, शरीर दुख्ने, झटका लाग्ने, शरीरमा दाग लाग्ने

बच्चाहरुमा कम रोग प्रतिरोधात्मक क्षमता

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कमजोर हुन्छ । त्यसैले बालबालिकालाई विशेषगरी यस्ता खानेकुरा खुवाउनुपर्छ जसले गर्दा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। किनकी बालबालिका कमजोर भएमा डेंगु ज्वरो सहन सक्दैनन् ।

अर्काेतर्फ, डेंगुको पहिलो लक्षण ज्वरो हो । लामो समयपछि मात्रै बालबालिकामा यसको लक्षण देखिन्छ । यस्तो अवस्थामा प्लेटलेट्स चाँडै कम हुन थाल्छ ।

बालबालिका खेल्न बाहिर निस्कँदा डेंगुको लामखुट्टेले टोक्ने गरेको छ । यस्तो अवस्थामा, जब तपाइँको बच्चा बाहिर जान्छ, निश्चित गर्नुहोस् कि उसले राम्रोसँग लुगा लगाएको छ कि छैन ? एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट