गायक सुशान्त केसीले न्युर्योकमा आफ्ना दर्शकलाई झुमाउने-Sutra News

गायक सुशान्त केसीले न्युर्योकमा आफ्ना दर्शकलाई झुमाउने

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । गायक सुशान्त केसी अमेरिकाको न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) हुने कार्यक्रममा सहभागी हुने भएका छन् । वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झुमाउने भएका हुन् ।



हलिउड र बलिउड कलाकारको कार्यक्रम हुँदै आएको भेन्युमा पहिलो पटक नेपाली कलाकारले स्थान पाउने भएको हो । कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक रहने छ ।

नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन नेपाली कलाकारले पनि हलिउड र बलिउडका गायक गायिका जस्तै सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कँडेलले बताए ।

कार्यक्रममा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्ने छन् । न्युर्योकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा आयोजक रोशन गौचनले बताए ।

करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले लोकप्रिय गीतमार्फत दर्शक रिझाउने छन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट