माग पूरा नभएको भन्दै श्रममन्त्रीको पुतला दहन-Sutra News

माग पूरा नभएको भन्दै श्रममन्त्रीको पुतला दहन

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीका कार्यकर्ताले शुक्रबार काठमाडौंस्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ ।



आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बैदेशिक रोजगारका पीडितको न्यायको माग गर्दै श्रम मन्त्रीको पुतला जलाएका हुन् ।

वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्तादेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनसँगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन् । तर, आन्दोलनको सरकारमाथि कुनै असर परेको देखिएन ।

विदेश जाने युवाहरुसँग बिना रसिद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाललाई कारबाही गर्नुको सट्टा सरकारले आन्दोलन दमन गरेको आरोप लगाएको छ ।

‘विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ, असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ,’ अध्यक्ष साहले भने । यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्रीका साथै वैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट