प्रियंका र कविता सुटिङ स्पटबाटै भिलेनको अपहरणमा परे…-Sutra News

प्रियंका र कविता सुटिङ स्पटबाटै भिलेनको अपहरणमा परे…

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन् । हिट गीत दिँदै आएकी उनले शुक्रबार नयाँ गीत ‘ज्यानमाया’ बजारमा ल्याएकी छन् ।



नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोभित्र प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन् ।

गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियंका–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए ।

प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडियो निर्माण गरेको कलाकार वलीले बताए । भव्य सेट लगाएर निर्माण गरिएको यो भिडियो हेर्दा दर्शकलाई दक्षिण भारतीय फिल्मको झल्को दिन सक्छ ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङ गरेका छन् । भिडियो निर्देशन भने पछिल्लो समयका व्व्यस्त निर्देशक गम्भिर विष्टले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट