काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले बिगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।
पार्टी एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्ने उनको भनाइ छ । उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस भन्नेमा सचेत रहेको धारणा राखे ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको दाबी गरे । उनले चितवनमा केरा किसानलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए ।