एसईईमा उत्तीर्ण हुन नसकेपछि दुई छात्राले गरे आत्महत्या-Sutra News

एसईईमा उत्तीर्ण हुन नसकेपछि दुई छात्राले गरे आत्महत्या

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । उनीहरू देवदह नगरपालिका २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलबाट एसईई दिएका थिए ।



नतिजा राम्रो नआएका दुवै जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो देवदह नगरपालिका २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल बस्ने १७ वर्षीय पूजा न्यौपानेले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना एसईई सफल हुन नसक्नु पहिलो कारण भएको देवदह प्रहरी कार्यालयले जनाएको छ । गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट