चितवन पुगेर प्रधानमन्त्रीले रोपे धान-Sutra News

चितवन पुगेर प्रधानमन्त्रीले रोपे धान

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् ।



प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट