पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते-Sutra News

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।



गलकोट नगरपालिका ८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

अहिले घटना स्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट