ओभरटेक गर्दा बस दुर्घटना, एक जनाको मृत्यु हुँदा ८ घाइते-Sutra News

ओभरटेक गर्दा बस दुर्घटना, एक जनाको मृत्यु हुँदा ८ घाइते

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । घटनामा एक जनाको मृत्यु हुँदा ८ यात्रु घाइते भएका छन् ।



गौरबाट भैरहवातर्फ गइरहेका ना. ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ ।

एक जनाको दाहिने हात भाँचिएको हुँदा उपचारका लागि ग्राण्डी अस्पताल गरुडामामा पठाएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भइरहेको छ ।

दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेकाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट