टी २० विश्वकप विजेताले कति पाउँछ पुरस्कार रकम ?-Sutra News

टी २० विश्वकप विजेताले कति पाउँछ पुरस्कार रकम ?

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । आईसीसी टी २० विश्वकपमा आज भारत र दक्षिण अफ्रिकाबीच उपाधिका लागि भिड्दै छ ।



विजेता टोलीले उपाधिका लागि अहिलेसम्मकै सबैभन्दा धेरै रकम हात पार्ने आईसीसीले जनाएको छ ।

यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ । अर्थात विजेताले ३२ करोड ६० लाख रुपैयाँ पाउने छ ।

उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । अर्थात उपविजेता टोलीले १७ करोड रुपैयाँ पाउने छ ।

आईसीसीले प्रतियोगितामा जित निकाल्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार एक खेलमा जित निकाल्ने टोलीहरूले थप ४१ लाख रुपैयाँ पाउने छ ।

यो हिसाबले अपराजित यात्रामा रहेको भारतले सात खेलमा जित निकालेसँगै दुई करोड ९० लाख रुपैयाँ थप पाउने छ भने आठ खेलमा जित निकालेको दक्षिण अफ्रिकाले तीन करोड ३१ लाख रुपैयाँ पाउने छ । फाइनलमा जित निकाल्ने टोलीले थप रकम पाउने छ ।

आईसीसीले विश्वकपको यस संस्करणका लागि मात्रै ११।२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट