सातामै सुनको मूल्यमा भारी गिरावट-Sutra News

सातामै सुनको मूल्यमा भारी गिरावट

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । यो साता सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य २९ सय रुपैयाँले गिरावट आएको हो ।



गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ४४ हजार ७०० रुपैयाँ हुँदा यो साता एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँ थियो । यो साता एक लाख ४१ हजार १०० रुपैयाँ छ ।

साताको सुरुदेखि सुनको मूल्य ओरालो लागेको थियो । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको मूल्य सोमबार ३०० रुपैयाँले बढेर मंगलबार सोही मूल्य कायम रह्यो । यस्तै बुधबार ७०० ले घटेको थियो भने बुधबार र बिहीबार पनि मूल्य घटेको थियो ।

चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ थियो । यो साता तोलामा १७ सय ९० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट