कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनु पर्छ- आरजु राणा-Sutra News

कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनु पर्छ- आरजु राणा

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले किसानलाई सहज रुपमा मल वितरण हुनु पर्ने बताएकी छन् ।



धान दिवसका अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको कार्यक्रममा उनले समयमा मल नपाउँदा किसानलाई समस्या भएको र भएको मल पनि सहज रुपमा वितरण हुन नसकेको बताइन् ।

उनले सहकारीबाट मलको वितरण राम्रोसँग हुन नसकेको जिकीर गरिन् । उनले कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनु पर्ने भए पनि सरकारले यसतर्फ ध्यान दिन नसकेको बताइन् । उनले देशलाई अघि बढाउन एकजुुट हुनु पर्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट