काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सडक खण्डमा पहिरो जाँदा सवारी जाम भएको छ ।
उक्त सडकको दाउन्ने क्षेत्रमा पहिरो जाँदा सवारी आगमन ठप्प भएको प्रहरीले जनाएको छ । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको हो ।
उक्त सडक खण्ड निर्माधिन रहेकाले वर्षा भएसँगै पहिरो जाने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।