एग्रिकल्चर रियालिटि शो ‘र’को प्रतियोगी आवेदन खुला-Sutra News

एग्रिकल्चर रियालिटि शो ‘र’को प्रतियोगी आवेदन खुला

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’को प्रतियोगी आवेदन खुला गरिएको छ ।



शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबीच धान रोपाई उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधार बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो ।

तिनै तहका सरकारसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुने छन् ।

जसमा सहभागीको प्रस्तुतिलाई निर्णायकको प्यानलले मूल्यांकन गर्ने छ । निर्णायकको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् ।

‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । कार्यक्रम कृषि उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरुप प्रस्तुत गरिएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगर २१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

यस शोका कन्सेप्ट क्रियटर तथा निर्देशक शैलेस कँडेल क्षेत्री र कार्यकारी निर्माता विजय वस्याल हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट