विवादसँगै पत्रकार महासंघ चुनाव अनिश्चित-Sutra News

विवादसँगै पत्रकार महासंघ चुनाव अनिश्चित

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको छ । आगामी असार २२ गते तय गरिएको चुनाव अनिश्चित कालसम्म स्थगित भएको हो ।



चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रियाको तयारी हुँदै गर्दा विवाद सृजना भएको थियो । सोही विवादका कारण चुनाव स्थगित बन्न पुगेको हो ।

‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवाररको मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा तत्काल सृजित असहज वातावरणका कारण तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसकेको जानकारी गराइन्छ,’ पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच महासंघले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध गरेको जनाकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट