सुनिलले जिते ‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि-Sutra News

सुनिलले जिते ‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं ।  कमेडी च्याम्पियन सिजन- ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् ।



शनिबार भएको ग्रान्ड फिनालेमा सुनीलले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै स्ट्यान्डअप कमेडी शोको विजेता बनेका हुन् ।

विजेता सुनीलले २५ लाख रुपैयाँ नगद सहित ४० लाखको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्। फर्स्ट रनर अप काफ्लेले स्कुटर पाएका छन् ।

‘कमेडी च्याम्पियन सिजन–१’को विजेता हिमेश पन्त हुन् भने सिजन–२ को विजेता भरतमणि पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट