आज कर्कट, कर्कट र कुम्भ राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज कर्कट, कर्कट र कुम्भ राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

आज मिति २०८१ असार १६ गते आइतबार । सन् २०२४ जुन ३० तारिख । नेपाल सम्बत ११४४ तछलागा नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

कार्यगति बढ्ने तथा आय वृद्धि हुने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । मेहनत गर्दा सफलता प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि होला । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष

आजको दिन कर्मबल बलियो रहे पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । स्वास्थ्य कमजोर रहला । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिने योग छ । तपाईंको स्वतन्त्रतामै व्यवधान आउन सक्छ, सावधान रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । रचनात्मकता बढ्ने छ । परिवारिक सुख रहला ।

मिथुन

उत्साहजनक समाचारले हर्ष बढाए पनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पूरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्ने छ । धर्म कर्ममा आकर्षण बढ्ने छ भने मिठो भोजन प्राप्त होला । आज मनोकूलको काम बनेर मन प्रशन्न नै रहला ।

कर्कट

आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्ने छ । सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ । जोखिम महसूस भए पनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

व्यवसायमा लाभ हुने तथा कार्यमा राम्रै फाइदा हुने समय छ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । गुरुजनको विशेष सहयोग जुट्ने छ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्ने छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्ने छ । नयाँ काममा सफलता मिल्ने छ ।

कन्या

दिन त्यत्ति सुखद नरहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ भने साथीभाइबाट पनि धोका मिल्ने योग छ । आश्वासन दिएर झुक्याउनेले सताउने छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन पैदा हुन सक्छ । उच्चाधिकारीको साथ भने मिल्ने योग छ ।

तुला

पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइने छ, तथापि, नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । मिठो भोजन प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने योग छ ।

बृश्चिक

व्यस्तता बढ्ने छ । सानातिना समस्या देखापरे पनि दिन मनोरञ्जनपूर्ण रहने छ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । सामाजिक काममा रुचि बढ्ने छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आरोग्यबल वृद्धि होला । रसरागमा रुचि रहने छ । समग्रमा समयले साथ दिनेछ ।

धनु

पराक्रम वृद्धि हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्ने छन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । लेखाइपढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग लाभदायी भेटघाट हुने योग छ । आरोग्यपन बढ्ने छ । रसरागको भाव जागृत होला । मिठो भोजन प्राप्त गर्नु हुनेछ ।

मकर

गरी आएको कामलाई निरन्तरता दिए पनि नयाँ काममा हात हाल्न केही समय पर्खंनु होला । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सजगता अपनाउनु हितकर हुनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

आरोग्यता र शुभता वृद्धि हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । कर्मप्रतिको लगनशीलता उपलब्धिमूलक सावित हुनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिने छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने योग छ । रसरागमा आकर्षण बढ्ने छ । सन्तानसुख बढ्ने छ ।

मीन

आजको दिन मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने छन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । प्राकृतिक पर्यावरणमा रमाउँदै दिन बित्ला । प्रेमभाव र सुख वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट