रोहित र विराटले लिए टी २० अन्तर्राष्ट्रिय खेलबाट सन्यास-Sutra News

रोहित र विराटले लिए टी २० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । टी २० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।



खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी २० विश्वकपको फाइनल खेल आफ्नो टी २० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी २० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने, ‘यो मेरो अन्तिम टी २० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी २० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी २० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी २० विश्वकप जित्न सफल भएको छ । यसअघि भारतले टी २० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट