सेभेनस्टारले ल्यायो अत्याधुनिक अनलाईन सेवा, घर बसीबसी सस्तोमा हवाई टिकट-Sutra News

सेभेनस्टारले ल्यायो अत्याधुनिक अनलाईन सेवा, घर बसीबसी सस्तोमा हवाई टिकट

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौँ। हवाई यात्राका लागि टिकेटिङलगायतका सेवा प्रदान गर्दै आएको सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालिले अनलाईन सेवा सुरु गरेको छ। सेभेनस्टारले ग्राहकको सहजताका लागि अत्याधुनिक टिकेटिङ पोर्टल सञ्चालनमा ल्याएको हो।



ग्राहकलाई सस्तो मात्र नभएर छिटोछरितो, सजिलो र भरपर्दो सेवा प्रदान गर्न अत्याधुनिक विशेषतासहितको बेबसाइट सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ।आषाढ १३ गते कम्पनीको कर्पोरेट कार्यालय बागबजारमा कार्यक्रमको एक औपचारिक कार्यक्रम आयोजना गरी सेभेनस्टारले अनलाइन ट्राभल एजेन्सीको औपचारिक सुरु गरेको हो।

सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले एक दशकयता यात्रुलाई टिकेटिङ सेवा प्रदान गर्दै आएको छ। यो अवधिमा सँगालेका अनुभवलाई प्रयोग गरेर यात्रुको सहजताकै लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले बताए।

‘विश्व डिजिटाइजेसनतर्फ अगाडि बढेकव छ। अबको भविष्य र व्यावसायिकता समेत डिजिटाइजेसन हुने निश्चित छ। यात्रुलाई सुविधाकै लागि हामीले आफ्नो ओटीए ९अनलाईन ट्राभल एजेन्सी०सञ्चालनमा ल्याएका हौं,’ ई(सेभेनस्टारको उद्घाटन कार्यक्रममा बास्तोलाले भने, ‘यससँगै हाम्रो पहुँच विश्वभर छरिएका उपभोक्तामा पुगेको छ। हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ। यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्‌को हो।’

लामो समय अनुसन्धान गरी ओटीए सञ्चालनमा ल्याइएको बास्तोलाको दाबी छ। ‘हाम्रो प्लेटफर्ममा गएर विश्वभरका वायुसेवाका टिकट जुनसुकै समयमा घरैमा बसेर आँफैले काट्न सक्नेछन्,’ उनले भने, ‘हाम्रा प्रतिनिधि ग्राहकको सेवाका लागि २४सै घण्टा तैनाथ छन्।’

अनलाइनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपीएस लगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ।

ईसेभेनस्टारको बिजनेस टु बिजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई बेच्न पनि सकिने अवस्था बनेको बास्तोला बताउँछन्।

सस्तोमा टिकेटिङ सेवा दिएर विश्वसनीय सेवा प्रवाह गरेको भन्दै कम्पनी हरेक वर् विभिन्न वायुसेवा कम्पनीबाट पुरस्कृत पनि हुँदै आएको छ। क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेसियन एअरलाइन्स तथा थाई एअरवेजबाट कम्पनीलाई उत्कृष्ट ट्राभल एजेन्सीको अवार्ड प्रदान गरिएको शर्माले जानकारी दिए।

नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा कम्पनीले ठूलो हिस्सा ओगटेको छ। कम्पनीले जापानमा समेत कार्यालय खोलेर टिकेटिङ सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदन सेवासमेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट