काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदारी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरूबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
यसअघि शनिबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ ।
हालको सत्ता समीकरणमा सरकार विस्तार बजेटलगायत विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेट भएको हो ।