टी २० विश्वकपमा भारत विजयी हुँदा बनेको कीर्तिमान-Sutra News

टी २० विश्वकपमा भारत विजयी हुँदा बनेको कीर्तिमान

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । आईसीसी टी २० विश्वकपको सम्पन्न नवौँ संस्करणमा भारत विजेता बनेको छ । शनिबार राति भएको फाइनल खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई सात रनले पराजित गरेको हो ।



बार्बाडोसमा भारतले पहिले ब्याटिङ रोजेको थियो । भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो ।

विजय खेलमा विराट कोहलीले ७६ रनको इनिङ खेले । उनी वर्ष खेलाडी चुनिए । योसँगै २ विकेट लिने जसप्रित बुमराह प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेण्ट’ चुनिए ।

यस्तो छ भारतले विश्वकप विजेता बन्दा बनेको कीर्तिमान

१, भारत अपराजित रहँदै टी २० विश्वकप जित्ने पहिलो टोली बनेको छ । टोलीले फाइनलअघि अपराजित रहेको दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

२, पछि बलिङ गर्दै भारतले दोस्रो पटक टी २० विश्व च्याम्पियन बनेको छ । टी २० विश्वकपमा यो तेस्रो पटक स्कोर रक्षा गर्दै फाइनल जितेको हो । यसअघि सन् २००७ मा भारत र २०१२ मा वेष्ट इण्डिजले पछि बलिङ गरेर फाइनल जितेको थियो ।

३, जसप्रित बुमराह आईसीसी प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित हुने पहिलो भारतीय बलर हुन् ।

४, रोहित शर्मा टी २० विश्वकप जित्ने सबैभन्दा पाका कप्तान बनेका छन् । उनले ३७ वर्ष ६० दिनको उमेरमा उपाधि जितेका हुन् ।

५, भारतीय टोली २ ओडीआई विश्वकप, २ टी २० विश्वकप र २ च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली बनेको छ ।

६, भारत दुई पटक टी २० विश्वकप जित्ने तेस्रो टोली बनेको छ । भारतीय टोलीले यसअघि सन् २००७ मा विजयी भएको थियो । यसघि वेष्ट इण्डिज (२०१२, २०१६) र इंग्ल्याण्ड (२०१०, २०२२) रहेका छन् ।

७, रोहितसँगै विराट आईसीसी प्रतियोगिताको सबैभन्दा धेरै फाइनल खेल्ने खेलाडी बनेका छन् । उनीहरूले आईसीसीका ८ वटा प्रतियोगिताको फाइनल खेल खेलेका छन् । दुवै जनाले युवराज सिंहलाई पछाडि छोडेका हुन् । युवराज आईसीसीको ७ वटा फाइनल खेलेको भारतीय टोलीमा रहेका छन् ।

८, रोहितले आफ्नो करियरको ९ औँ टी २० उपाधि जित्ने कप्तानको सूचीमा महेन्द्र सिंह धोनीको बराबरी गरेका छन् । दुवैले ९-९ टी २० प्रतियोगिता जितेका छन् । रोहितले ६ आईपीएल, २ टी २० विश्वकप र १ निदाहास ट्रफी जितेका छन् ।

९, टी २० अन्तर्राष्ट्रियमा कोहली सर्वाधिक म्यान अफ द म्याच भएका छन् । उनले टी २० अन्तर्राष्ट्रियमा १६ औँ पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।

१०, भारतले टी २० विश्वकपको एक सिजनमा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको छ । उनले सन् २०२४ मा आठौँ खेल जितेका छन् । भारतले दक्षिण अफ्रिकाको जितसँग बराबरी गरेको हो । यसअघि सन् २००९ मा श्रीलंकाले ६ खेल जितेको थियो ।

११, भारत टी २० विश्वकपको फाइनलमा सबैभन्दा उच्च स्कोर बनाउने टोली बनेको छ । भारतले दक्षिण अफ्रिकाविरुद्ध १७७ रन बनाएको थियो । योसँगै भारतीय टोलीले फाइनलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको हो । भारतले अष्ट्रेलियाको कीर्तिमान तोडेको हो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट