लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न-Sutra News

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।



सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले गत जेठ ३२ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिएका थिए ।

कम्पनीले आगामी दिनमा शेयरधनीहरुलाई क्षमताअनुसारको प्रतिफल दिने प्रतिवद्धता पनि व्यक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट