रास्वपाको बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव-Sutra News

रास्वपाको बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डां मुकुल ढकाल केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव राखेको छन् ।



बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने तय भएको छ । बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनको भनाइ थियो ।

महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए । इलाम २ को उपचुनावमा हार व्यहोरेपछि उनले समीक्षा यात्रामा निस्किएका थिए ।

देशका ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका उनले पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट