काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए । ओली निवास बालकोटमा तीन घण्टासम्म छलफल चलेपछि सत्ता समीकरण तरंगित बनेको छ ।
ओली र देउवाबीचको छलफललाई सत्ता समीकरण फेरबदलको कसरतको रुपमा पनि अथ्र्याइएको छ ।
बालकोट छलफलले तरंग सिर्जना गरेपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई छलफलका लागि बोलाएका हुन् । प्रचण्ड र ओलीबीच एक्लाएक्लै छलफलपछि लामिछाने मिसिएका हुन् ।
नेताहरुबीच शनिबारको भेटवार्तालाई लिएर छलफल भएको बताइएको छ ।
सम्बन्धित समाचार