मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य-Sutra News

मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । मकवानपुर जिल्लामा २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १६ विद्यालयको नतिजा शून्य रहेको छ । जसमा अधिकांश ग्रामीण क्षेत्रका सामूदायिक विद्यालय रहेका छन् ।



जसमा कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ । यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन् । कालीदेवी माविर र रत्न ज्योती माविमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

जिल्लाका नौ वटा पालिकाका १५ वटा सामूदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ । यस्तो परिणामले ग्रामीण क्षेत्रमा सञ्चालित ११ कक्षाको पढाईमा असर पर्ने देखिएको छ ।

मकवानपुरबाट एसईईमा पाँच हजार ७५२ परीक्षार्थी सहभागीमध्ये दुई ९८ जनाले ११ कक्षा भर्ना हुन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट