कांग्रेस र रास्वपाले भनेको समाजवादले जनता खुसी हुँदैनन्- विप्लव-Sutra News

कांग्रेस र रास्वपाले भनेको समाजवादले जनता खुसी हुँदैनन्- विप्लव

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन् ।



काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएभन्दा अग्रगमन दिन सक्ने समाजवादमा बहस गर्नु पर्ने उनको भनाइ थियो ।

उनले समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नु पर्ने बताए । उनले आफूहरूको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नु पर्ने रहेको उल्लेख गरे ।

विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिँदै सबै दलहरुले स्पष्ट दृष्टि तय गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट