समस्या ग्रस्त २० सहकारीको छानबिन गर्न प्रतिवेदन झिकाउने निर्णय-Sutra News

समस्या ग्रस्त २० सहकारीको छानबिन गर्न प्रतिवेदन झिकाउने निर्णय

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्या ग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ ।



सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्या ग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदन लगायतका विवरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

उक्त सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने उनको भनाइ थियो । समितिले समस्या ग्रस्त सहकारीको छानविनका लागि यसअघि भएका अनुभवनका बारेमा विभिन्न आयोग, समितिका संयोजकहरुसँग छलफल गरेको छ ।

समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालीन समस्या ग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीलगायतसँग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको समिति संयोजक थापाले बताए ।

पुराना अनुभवका आधारमा समितिले वस्तु निष्ठ अध्ययन गरी निचोडमा पुग्न मद्दत पुर्‍याउने उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट