कस्तो छ फिल्म ‘कल्की २८९८ एडी’को बक्स अफिस कलेक्सन ?-Sutra News

कस्तो छ फिल्म ‘कल्की २८९८ एडी’को बक्स अफिस कलेक्सन ?

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ले भने जबर्जस्त सुरुवात गरेको छ । प्रभाससँगै दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की’ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ ।



फिल्मले दोस्रो दिन (शुक्रबार) विश्वभर १ सय ७ करोडमाथि कमाई गरेको छ । र, दुई दिनमै २ सय ९८ करोडमाथि व्यापार पुगेको निर्माण कम्पनी वैजयन्ती मुभिजले जनाएको छ । फिल्मले हिन्दी भर्सनमा मात्र दुई दिन (पहिलो दिन २२ करोड ५० लाख र दोस्रो दिन २३ करोड २५)मा ४५ करोड ७५ लाख कमाएको व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

फिल्म विश्लेषक तरण भन्छन्, ‘हामीले ५ सय करोड कमाउने फिल्म पाएका छैनौं, तर २०२४ अघिल्लो वर्षभन्दा राम्रो छ । धारा ३७०, शैतान, लापता लेडीज, मुन्ज्या जस्ता विभिन्न विधाका फिल्मबाट ‘स्लीपर’ हिट हुने नयाँ चलन सुरु भएको छ ।

योसँगै फिल्म ‘पठान’, ‘आदिपुरुष’ र ‘केजीएफ २’ जस्ता चलचित्रलाई पछि पार्दै ओपनिङ्कै दिन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ । यसबाहेक ‘आरआरआर’ र ‘बाहुबली २’ मात्र दुई फिल्म छन् ।

‘कल्कि २८९८ एडी’ प्रभासको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरूको सूचीमा चौथो फिल्म हो । प्रभासका फिल्म ‘बाहुबली २’, ‘साहो’ र ‘आदिपुरुष’ यस लिस्टमा पहिले नै छन् ।

रिलिजको पहिलो दिन आरआरआरले १३३ करोड कमाएको थियो भने बाहुबली- २ ले १२१ करोड कमाएको थियो । त्यस्तै केजीएफ- २ ले ११६ करोड कमाएको थियो भने कल्कि २८९८ एडीले ९५ करोड कमाएको छ । त्यस्तै सालार भाग १ ले ९०.७ करोड कमाएको थियो ।

‘कल्की २८९८ एडी’को ओपनिङ दिनमा यस फिल्मको समग्र तेलुगु ओक्युपेन्सी ८५.१५ % थियो । नन-हलिडे, मिड वीक र भारत विश्वकपको सेमिफाइनल खेलको दिन रिलिज भए पनि कल्कीले यति ठूलो रकम कमाएको छ ।

त्यस्तै कल्कीले हिन्दी भाषामा भने तीन दिनमा ७५ करोड कमाएको छ । पहिलो दिन २२ करोड ५० लाख कमाएको यस फिल्मले दोस्रो दिन २३.२५ र तेस्रो दिन शनिबार ३० करोड कमाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट